सत्तारुढ गठबन्धनको निर्णायक वार्ता बालुवाटारमा शुरु, प्रचण्ड भने एमसिसि यथास्थितिमा संसदमा टेबल गर्न नहुने पक्षमा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  291 पटक हेरिएको

काठमाण्डौँ, फागुन ६ । 

आज सत्ता गठबन्धनको बैठक बालुवाटार मा जारी रहेको छ । हिजो बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गीएको थियो । हिजो साँझ घण्टौ सम्मको छलफलमा सहमति नभएपछि बैठक आज बस्ने गरी सकिएको थियो । प्रधानमन्त्रि देउवा जसरी पनि आज संसदमा एमसिसि पेश गर्ने पक्षमा रहेको छ । प्रधानमन्त्रि देउवा सत्ता गठबन्धन दलहरुलाई एमसीसी संसदमा टेबल गर्न मात्र भए पनि सहमति दिन आग्रहरु गरीरहेको अबस्था छ, पास फेल जे भए पनि स्वीकार गरौँ भन्ने प्रधानमन्त्रिको आगूह रहदै आएको छ ।

तर हिजोको बैठकमा प्रचण्डले सबै भन्दा बढी अब्जेक्सन राखे एमसीसीका केही प्रावधानहरु संसोधन गर्नु पर्दछ, संसद समेत अबरुद्ध रहेकाले अहिले एमसीसी टेबल नगरौँ । एमसीसीको विषयमा नभई प्रतिगमनको बिरुद्ध गठबन्धन गरिएकाले त्यसलाई जोगाऔँ । प्रचण्ड यही अडानमा निरन्तर अडिएपछि देउवाले अब पछि हट्न सकिदैन एमसीसी त जसरी पनि लैजानै पर्छ भनेपछि हिजो साँझको बैठक सकिएको थियो । तर प्रधानमन्त्रि देउवा जसरी पनि एमसिसि टेबल गर्न चाहान्छन सोही बमोजिम सत्ता गठबन्धनलाई दबाब दिन हिजै साँझ देउवा पत्नी आरजुलाई लिएर प्रतिपक्षी दलका नेता केपी ओलीको निवासमा पुगे ।

त्यस अघि नै काँग्रेसका अन्य नेताहरुले ओलीसँग भेटवार्ता गरीसकेका थिए । देउवाले बालकोट पुगेर गठबन्धनका साझेदार दल र नेतालाई के सन्देश दिन खोजेका छन् रु एमसीसी हामी नै पेश गरौँ हैन भने प्रतिपक्षसँग सहकार्य गरेर पनि अघि बढ्छु भन्ने सन्देश दिन खोजेको बुझाई गठबन्धनका अन्य नेताको छ ।

सोही घटनाक्रमपछि आज बिहानै प्रचण्ड निवास खुमलटारमा माओवादी , एकीकृत समाजवादी र जसपाका नेताहरुको अलग्गै छलफल समेत भएको थियो । जुन छलफलमा यदी देउवा र ओली मिले भनेको विकल्प के के हुन सक्छ रु भनेर परामर्श भएको र उनीहरु मिल्ने स्थिति आए कसरी अघि बढ्ने भनेर समेत परामर्श भएको जसपका एक नेताको दाबी छ । यद्यपि, एमसीसीमा राष्ट्रिय सहमतिका लागि केही समय पर धकेल्ने र संसोधनको प्रस्ताव गर्ने, गठबन्धन कायम राख्न अन्तिम सम्म प्रयन्त गर्नु पर्नेमा भने तीन दलका नेता रहेको पनि बुझिएको छ ।
गठबन्धनको आजको वार्तालाई निर्णायक वार्ताको रुपमा समेत हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार