गच्छदार सहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, गच्छदार सांसद पदबाट स्वतःनिलम्बित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1038 पटक हेरिएको

काठमांडौ, माघ २२ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेकाे भनिएका आरोपितहरुमाथि भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ । अख्तियारले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले १७५ जनाविरुद्ध मुद्दा परेको जानकारी दिनुभयो  । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

अख्तियार स्रोतका अनुसा्र पूर्वमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँविरुद्ध मुद्दा दायर भएको हो ।

सो मुद्दा दर्ता भएसंगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै गच्छदार सांसद पदबाट स्वतःनिलम्बित भएका हुन् ।
बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियारले गच्छदारसहित १७५विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनमा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा मुद्दाको किनारा नभएसम्म स्वत: निलम्बन हुने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार