प्रतिपक्षले सत्तापक्षसँग मागेर आफ्नो भुमिका कमजोर बनाए : बाबुराम भट्टराई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  698 पटक हेरिएको

काठमाडौं, माघ १४ ।

समाजवादी पार्टीका संयोजक तथा सांसद बाबुराम भट्टराईले प्रतिपक्षले सत्तापक्षसँग मागेर खान नहुने बताएका छन् । सत्ता पक्ष र प्रतिपक्ष दुवै आ आफ्नो धर्म निर्वाहका लागि तयार हुनुपर्ने भन्दै अहिले सत्तापक्षले प्रतिपक्षले पेल्ने र प्रतिपक्षले पनि सकेसम्म मागेरै खाने जस्तो देखिएको उल्लेख गर्दै यस्तो बन्न नहुने धारणा राखे ।

उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपसभामुख मागेको संकेत गर्दै प्रतिपक्षले सत्तापक्षसँग मिलेर–मागेर खान नहुने धारणा राखे । उनले प्रजातान्त्रिक मुलुकमा सदन विपक्षको भएको उल्लेख पनि गरे ।

सांसद भट्टराईले जनयुद्धका घटना बेला न कुबेला उचालेर शान्ती प्रक्रियालाई नै चुनौती दिन खाज्नु शान्ती सम्झौता बिपरित भएकोले यसलाई चाँडो भन्दा चाडो आयोग मार्फत नै समाधान गर्नुपर्ने बताउनु भयो । थारु समुदायको बिद्धोहलाई ब्यक्तिगत मुद्याको रुपमा हेर्न नहुने पनि बताउनु भयो । थारु समुदायको बिद्रोहका घटनालाई राजनीतिक मुद्याका रुपमा नै लिनु पर्ने र माननीय रेशम चौधरी छाड्नुपर्ने भनाईमा समेत जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार