कोरोना संक्रमण तिव्र बढेसंगै गुजरात “गुञ्जायमान गुजरात” कार्यक्रम स्थगित प्रधानमन्त्रिको भारत भ्रमण पनि रद्द

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  289 पटक हेरिएको

काठमाडौं, पुस २२ ।  

भारतमा कोरोना सङ्क्रमण पुन तिव्र गतिमा बढेकाले प्रधानमन्त्रीको भ्रमण रद्द भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको यही आइतबार तय भएको भारत भ्रमण रद्द भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो ।

‘अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ,’ प्रधानमन्त्रीका स्वकिय सचिवालयले जनाएको छ ।

बाह्य लगानी आकर्षित गर्ने उद्देश्यले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गरेको उक्त सम्मेलनको १०औँ शृङ्खलामा प्रधानमन्त्री देउवासहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखहरुले भाग लिने कार्यक्रम थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार