एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेका अध्यक्ष प्रचण्को भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  509 पटक हेरिएको

काठमाडौं, पौष ११।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताएका छन् । आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका हुन । पार्टी एकता गर्दा आफूहरुको उदेश्य गलत नभएको उनको भनाइ थियो ।

‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं, हाम्रो उदेश्य गलत थिएन’ उनले भने ,’एमाले महासचिव शंकर पोखरेलले भनेको कुरालाई पनि मनन गरौं ।’

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका थिए । माओवादीको कार्यक्रममा पोखरेलले त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार