जयरनगर-कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण, दुईदेश बिच अन्तराष्ट्रीय पर्यटन नियंत्रण गर्न संयुक्त काम गर्ने

प्रकाशित:  331 पटक हेरिएको


काठमाडौं, कात्तिक ५ ।   

भारतले सीमापार जयनगर-कुर्था (जनकपुर)को विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो । शुक्रबार आयोजित एक समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले भोतिक पूर्वाधार तथा यायातमन्त्री रेनुकुमारी यादवलाई रेलमार्ग हस्तान्तरण गरे ।

३४ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै ढिलाइ हुँदै आएको छ ।

कुर्था-जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार गर्न ३८० करोड रुपैयाँ खर्च भएको भारतले बताएको छ । अहिले कुर्थादेखि बिजलपुरासम्म २०० करोड खर्चेर बाँकी खण्डको काम भारतले नै गर्दैछ । जयनगर-कुर्था  रेलमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन । रेल सञ्चालनमा लागि अहिले नेपालसँग कानुन नै छैन । यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भने भइसकेको छ ।

सन् २०१४ देखि बन्द रहेको यो रेलमार्ग फेरि कसरी सञ्चालन गर्ने भन्ने व्यवस्थासहित प्रोसिड्योरको मस्यौदा तयार भएको थियो । अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका पूर्वाधारहरु आवश्यक पर्छ । तर, जनकपुर-जयनगर रेलमार्गमा यस्ता पूर्वाधारहरु तयार भएका छैनन् । प्रोसिड्योरमा क्रमैसँग यस्ता आवश्यक पूर्वाधार राख्दै रेल चलाउने व्यवस्था गरिएको छ । भन्सार पूर्वाधार नेपालको इनर्वा स्टेसनमा राख्ने सहमति भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार