अमेरिकाको ४७ औं राष्ट्रपतिमा ह्यारिसलाई पछि पार्दै डोनाल्ड ट्रम्प निर्वाचित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  186 पटक हेरिएको

अमेरिका, कात्तिक, २१ ।

अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए । बाईडेनसँगको राष्ट्रपति निर्वाचनमा पराजित भएका ट्रम पुन २०२४ को अमेरिकि राष्ट्रपति निर्वाचनको तयारीमा जुटेका थिए ।

त्यसपछि पुनस् यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । अमेरिकि राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिद्धन्दी पार्टीका उम्मेद्धारी कमला ह्यारिसलाई पराजित गरी राष्ठ्रपति निर्वाचित भएका हुन। १० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको छ । योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । जबकि राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ ।

बिश्व राजनितिमा अमेरिकि राष्ट्रपतिको असर

हाल बिश्व राजनितिमा अमेरिकाको दबदबा कायम नै छ । बिश्वका दोस्रो र तेस्रो ठुला राष्ट्र रुस र चिन अमेरिकाको दबदबालाई चिर्न चाहान्छन , अमेरिका आफ्नो दबदबा कायमै राख्न चाहान्छ । अमेरिका रुस र चिनलाई अगाडी आउनबाट रोक्न क्षेत्रिय तनाब कायम गरी रुसलाई युद्धमा धकेल्न बाध्य बनाए र युक्रेनको काँधमा बन्दुक राखेर रुसको अर्थब्यबस्था कमजोर पार्न तल्लिन छन भने रुस अमेरिकालाई चौतर्फी युद्धमा अप्रत्यक्ष रुपमा तल्लिन गरी अमेरिकाको अर्थब्यबस्थालाई कमजोर पार्न तल्लिन छन । हाल सम्पन्न अमेरिकाको निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित भएसँगै यसले रुसलाई भने सकारात्मक प्रभाब पर्ने देखिन्छ भने मिडिलईष्टमा भने ईजरायललाई फाईदा हुने देखिन्छ । डोनाल्ड ट्रम्प रुससँग कुनै पनि युद्ध चाहादैन र रुस युक्रेनको युद्ध रोक्न चाहान्छ भने मिडिलईष्टमा ईजरायलको दबदबा कायम राख्न ईरानलाई परास्त गर्न चाहान्छ । यसले बिश्व राजनितिमा कहिकतै प्रभाब र दबाब भने निश्चित पर्ने छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकि चुनाबमा ट्रम्पको उदय चाहान्थे भने नाटो र पश्चिमा राष्ट्रहरु भने ह्यारिसको उदय चाहान्छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार