काठमाडौं, भदौ १० ।
दशौ महाधिबेशन सम्पन्न गरेका एकीकृत समाजवादी पार्टीले पदाधिकारीको चुनावी तालिका सार्वजनिक गरेको छ । दशौं महाधिवेशनपछि आइतबार पहिलो केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । बैठकको एउटा एजेण्डा १८ जना पदाधिकारी चयन पनि छ ।
बैठकको सुरुमै बोलेका बरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरुले महाधिवेशनको म्याण्डेट नै सहमति भएको बताएका थिए । तर अध्यक्ष माधवकुमार नेपाल चुनावको पक्षमा देखिए । सोमबार उनले सहमति नजुटे चुनाव हुने जानकारी दिए ।
निर्वाचन आयोगले सोमबार नै निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको छ । यस अनुसार भोलि मंगलबार विहान उम्मेदवारी दर्ताको समय पार्टीले तोकिएको छ भने भोदि नै दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने २ देखि ५ बजेसम्म मतदान हुनेछ ।
साँझ ६ बजेदेखि मतगणना सुरु हुने तालिका निर्वाचन कमिटिले तय गरेको छ । यद्यपि मतदान अघिसम्म सहमतिको प्रयास भने निरन्तर हुने नेताहरुले बताएका छन् ।
पार्टीद्धारा जारी निर्वाचन कार्यतालिका