भारत, भदौ, २८।
भारतीय सर्वोच्च अदालतको आदेश बमोजिम भष्ट्राचार मुद्धा लागेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज जेलमुक्त भएका छन् । लामो समय जेलमा रहेका केजरीवाल तिहाड जेलबाट आज जेलमुक्त भएका हुन । भारतको तिहाड जेलबाट बाहिर आएका केजरीवालले भारतीय पत्रकारहरुसँग आफ्नो बिचार राख्दै आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् ।
सिआईबीका अनुसन्धानको घेरामा रहेका आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई भारतको सर्वोच्च अदालतले शुक्रबार १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो । ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । जुलाई महिनामा सर्वोच्च अदालतले जमानत दिएका केजरीवाललाई सीआईबीले पुनःपक्राउ गरी तिहाड जेलमा राखेका थिए।
जेलबाट बाहिर आएपछि केजरीवाल समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा आफ्नो हौसल्लामा कुनै कमि नआएको बताएका थिए । ‘उनीहरुले मलाई जेलमा हाले, उनीहरुलाई लागेको थियो कि केजरीवाललाई जेलमा हाल्दा हतोत्साहित हुन्छन्’ उनले भने, ‘आज म तपाईंहरुलाई भन्न चाहन्छु, म जेलबाट बाहिर आएँ । मेरो हौसला झन १०० गुणा बढेको छ उनले बताएका थिए।’