काठमाण्डौं, असोज २० ।
नेपालमा आज १५५१ संक्रमित थपिएका छन् । आज ११ हजार ४७ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकरी दिए । यो सगैँ कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । हिजोको तुलनामा आज संक्रमित घटेको देखिएको छ ।
२२७०९ सक्रिय संक्रमित रहेका छन् । ती मध्य ९ हजार जति मात्रै संस्थागत आईसोलेसनमा रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना मुक्त भएका छन् । हाल सम्म ६७ हजार ५४२ कोरोना मुक्त भएका छन् ।
काठमाण्डौं उपत्यकामा आज १०१७ संक्रमित थपिएका छन् ।
यो हिजोको तुलनामा केही कमी हो । काठमाण्डौमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ संक्रमित थपिएका छन् ।
आज देशभर आज ११ हजार ४७ जनामा गरिएको परीक्षणमा १५५१ जना संक्रमित थपिएका छन् । ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकरी दिए । यो सगैँ कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । हिजोको तुलनामा आज संक्रमित घटेको देखिएको छ । हिजो २४४० जना संक्रमित भएका थिए ।