सरकारी कर्मचारी माथि आक्रमण गरी गाडी लुटेर भागेका तीन भारतीय नागरिक जंगलबाट पक्राउ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  270 पटक हेरिएको

कैलाली, असार १३ ।  

कैलालीमा डडेलधुराका कम्युटर अपरेटरसँग लिफ्ट मागेर उनैलाई कुटी बाँधेर भीरबाट फालेर कार लुटेर भागेका तीन जना भारतीय नागरिक जंगलबाट पक्राउ परेका छन् । प्रहरीले लुटपाट गरेको आरोपमा तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। पक्राउ पर्नेमा भारतको हरियानाका २१ वर्षीय भगत सिंह, १८ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जात छन्।

सोमबार डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका९४ गाइमारेमा घाइते अवस्थामा फेला परेका थिए। भिरमा हातखुट्टा बाँधेर फालिएको अवस्थामा उनी फेला परेका थिए। उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिँदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए। स्थानीयले उनको उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए। त्यस लगत्तै प्रहरी दिउँसो १ बजे घटनास्थल गएका दिए।

त्यहाँ गाडी भेटिएपछि प्रहरी त्यस जंगलतर्फ केन्द्रित भएको थियो। त्यहाँ स्थानीय समेतको सहयोग लिएर प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। उनीहरूले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगेर कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार