गण्डकी प्रदेशमा आज पनि बिहानै २० जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ४० पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  433 पटक हेरिएको

पोखरा, असार ८।  

गण्डकी प्रदेशमा आज पनि बिहानै २० जना कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा १२ जना र नवलपुरमा ८ जना संक्रमित भएका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ । मनाङ र मुस्ताङ र लमजुङमा हालसम्म एक एक जनामा संक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार