काठमाडौँ, असार ४ ।
नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको अध्यावधिक नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा संविधान संशोधन विधेयकमाथि मतविभाजन गर्दा उपस्थित सांसदहरू सबैले पक्षमा मतदान गरेका थिए । राष्ट्रिय सभाका ५७ सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए । राष्ट्रिय सभामा एकजना मनोनित सांसदको सिट रिक्त छ भने अध्यक्ष मतदानमा सहभागी हुँदैनन् ।
विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो । प्रतिनिधि सभामा निलम्बित समेत गरी १७ जना सांसद मतदानमा उपस्थित थिएनन् भने बाकीँले पक्षमा मतदान गरेका थिए ।
राष्ट्रिय सभाको उक्त सूचना प्रनिधिसभामा सुनाएर सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नेछन् ।