प्रधानमन्त्रि ओलिद्धारा पुनःमन्त्रिपरिषद बिस्तार, गृहमा खगराज अधिकारी र संचारमन्त्रिमा बादल पत्नि नैनकला थापा नियुक्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  473 पटक हेरिएको

काठमाडौं, जेठ २७ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःमन्त्रिपरिषद बिस्तार गरेका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री पुगेका छन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहेका थिए । एमाले भित्र ओलि पक्षका अर्का नेता महेश बस्नेत पनि गृहमन्त्रि बन्ने लाईनमा थिए तर ओलिले बस्नेत हटाउदै अधिकारीलाई गृहमन्त्रिमा नियुक्त गरेका हुन ।

विस्तारित मन्त्रिपरिषदमा नेकपा माओबादी त्याग गरी आएका नेता रामबहादुर थापा बादलका श्रीमति नैनकला थापालाई सञ्चार तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी हुन । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

अरु को-को भए मन्त्री ?

प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् । कैलाली ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर प्रतिनिधसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने दबाव प्रधानमन्त्री ओलीमाथि थियो । एमालेबाट गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । माधवकुमार नेपाल समूहमा पनि योगेश भट्टराई निकट मानिएका उनले पछिल्लो पटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गरेनन् । उक्त रिटमा हस्ताक्षर नगरी पुन ओलि खेमामा आएका नेपाल पक्षका पहाडीलाई प्रधानमन्त्रिले मन्त्रि उपहार दिएको हो ।

एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् । एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

राष्ट्रपति कार्यालयबाट जारी बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार