काठमाडौं, जेठ १४ ।
कोरोनाका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ललितपुर महानगरपालिका – २२ का ५७ वर्षिया पुरुषकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार किस्ट अस्पतालमा भर्ना भएका उनको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको थियो ।
उनले संचारकर्मीसँग कुरा गर्दै भने, ‘उहाँ पाटन अस्पतालमा उपचारका लागि जानु भएको थियो। कलेजो सम्बन्धी समस्याबाट ग्रसित उहाँलाई जेठ ११ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।’ जुनसुकै विरामीको पनि कोरोना परीक्षण अनिवार्य भएकाले उहाँको परीक्षणमा पनि कोरोनाको लक्षण पोजेटिभ देखिएको उनले बताए । उनले भने, ‘अहिलेअस्पतालमा उपचारका लागि आउने सबैको कोरोना परीक्षण अनिवार्य भएको छ।
उहाँ पनि कोरोनाको लागि अस्पताल आउनु भएको हैन्। अन्य समस्या भएर आउनु भएको हो। तर, आज आएको रिपोर्टमा कोरोना पुष्टि भएको छ।’ पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको छ । नेपालमा दिनप्रति दिन १०० को हाराहारीमा संक्रमण बढ़न थालेको छ यसले स्थिति अझ भयावह हुने देखिन्छ ।