पुनः २० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ५०७ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  566 पटक हेरिएको

vision-online-advertise

काठमाडौ, जेठ ९ ।  

नेपालमा थप २० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको कुल संख्या ५ सय ७ पुगेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएको हो। पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलाली, बैतडी, बाँके र मोरङका गरी २० जना छन्। हालसम्म संक्रमणकै कारण नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना स्वस्थ भएर घर फर्किएका छन्।

डडेल्‍धुराको पराशुराम १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कैलालीमा पनि तीनजनामा संक्रमण पुष्टि भएको छ। जानकी गाउँपालिका सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो। बाँकेमा समेत १४ जना संक्रमित थपिएका छन्।

उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए। उनीहरुमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका रहेका बताइएको छ। त्यस्तै मोरङका एक जनामा पनि संक्रमण देखिएको छ। हालसम्म कोरोना संक्रमित भेटिएक जिल्ला ४० पुगेको छ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार