योगेश भट्टराईले अन्तिम समयमा नेपाल खनाल समूह छाडे

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  618 पटक हेरिएको


काठमाण्डौं, जेठ ७ ।

लामो समयदेखि ओली समुह बिरुद्ध सक्रिय रहँदै मन्त्रीपदबाट समेत राजीनामा दिएर खनाल नेपाल समुहमा सक्रिय रहेका नेता योगेश भट्टराईले निर्णायक मोडमा आफ्नो समुह छाडेका छन् । उनले प्रधानमन्त्रीको बिरुद्ध हस्ताक्षर गर्नु पर्ने अवस्था आए पछि उनले त्यो आँट गर्न सकेनन् । यसलाई माधव समुहका नेताहरुले एक हिशाबको धोकाको रुपमा बुझेको स्रोतको दाबी छ ।

‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु। योगेशले आज लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार