अमेरिकन आइडलको उपाधि जस्ट सामलाई,दिवेश बने अमेरिकन आइडलको उपविजेता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  751 पटक हेरिएको

vision-online-advertise

अमेरिका, जेठ ५ ।  

नेपाली युवा दिवेश पोखरेल अर्थात अर्थर गन अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् भने दिवेश उपविजेता बने ।

आज भएको फाइनल राउण्डका क्रममा लाईभ भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

दिवेश पोखरेल सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए । आफ्नी दिदीसँगै अमेरिकाको क्यान्सस राज्यको विचिटा पुगेका दिवेशले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्षमात्र भयो ।

यसअघि अमेरिका स्थित संचारकर्मीहरूसंग कुराकानीका क्रममा उनले नेपालबाट अमेरिका पुग्ने बेलासम्म आफूलाई संगीतमा रुचि भए पनि व्यवसायिकरुपमा यसैमा लाग्ने सोच भने नबनेको बताएका थिए । अमेरिका पुगेपछि त्यहाँ पनि संगीत क्षेत्रका व्यक्तिहरुसँग संगत बढेपछि मात्र उनले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको बताएका थिए ।

‘घरमा दाई दिदीहरुले गाएको सुन्थें, सुन्न र गाउन दुवै मन पथ्र्याे’ उनले भनेका थिए ‘यही बीचमा ममीले गितार उपहार दिनुभयो । मेरो यात्राको लागि त्यो नै सुरुवात बन्यो ।’ आमाले गितार उपहार दिएपछि दिवेशले गितार बजाउन सिक्दै गाउन थाले । सहयोग माग्दै, कोडहरु सिक्दै उनको सांगीतिक यात्रा अगाडि बढ्यो । यद्यपि त्यतिबेला उनी सानै थिए ।

उनी स्कुले नै थिए र उनले यही क्षेत्रमा करिअर बनाउने निश्चित भइसकेको थिएन । ‘त्यो ओपन स्टेज थियो, म्युजिकलाई सिरियसली लिएको थिइन’ दिवेशले सम्झन्छन् ‘स्कुले थिएँ । खेलकुदतिर पनि लागें । म्युजिकबाट अलि पन्छिएँ उनले भनेका थिए ।

अमेरिकन आइडलको उपाधि जस्ट सामलाई 

उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब(वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

नेपाली छोरो दिबेश पोखरेल टप ५ मा, लाईभ भोटिंगको आधारमा आजै बिजेता घोषणा गरिने

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार