तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई सामाजिक संजालमा अपहरणकारी लेख्ने नेबिसंघ नेत्रि पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1283 पटक हेरिएको

vision-online-advertise

बारा, बैशाख १६ । 

नेपालका पछिल्ला राजनीतिक घटनाक्रमसंग जोडीएका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरणकारी लेख्ने नेपाल विद्यार्थी संघकी नेतृ पक्राउ परेकी छन् । पूर्व आइजिपी खनाललाई अपहरणकारी लेख्दा नेविसंघकी प्रदेश २ की निवर्तमान छात्रा संयोजक रीता रिजाल पक्राउ परेकी हुन् ।


केही दिन अघि नेकपाका नेता सांसद महेश बस्नेत , अर्का सांसद कृष्णकुमार श्रेस्ठ सहित तत्कालीन समाजबादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई लिन महोत्तरी पुगेका तत्कालीन प्रहरी महानिरीक्षण सर्वेन्द्र खनालको बिरुद्द फेसबुकमा स्टाटस लेखेकै भरमा नेबिसंघ का नेत्रीलाई पक्राऊ गरीएको छ ।

नेविसंघ नेतृ रिजाललाई प्रहरीले मंगलबार बाराबाट पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले उनलाई ‘साइवर क्राइम’ मुद्दा लगाउने तयारी गरेको छ । नेविसंघका कार्यकर्ता र केही समर्थकहरुले उनलाई अविलम्ब रिहा गर्न माग गरेका छन् । फेसबुकमा लेखेकै आधारमा पक्राउ गर्न नमिल्ने भन्दै तुरुन्त रिहा गर्नुपर्ने उनीहरुको माग छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार