कम्युनिष्ट एकतावद्ध हुन र प्रतिगमनको बिरुद्ध एकताबद्ध भई उभिन प्रचण्डको आव्हान

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  303 पटक हेरिएको

काठमाण्डौं, बैशाख ९ ।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलन विभिन्न आरोह अवरोह पार गर्दै अघि बढेको र कम्युनिष्ट पार्टी भित्रको विकृति विसंगतीलाई संघर्षको माध्यमबाट किनारा लगाईने गरेको र ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा बाहिरिने गरेको भन्दै अहिले त्यसैको कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखा परेको उल्लेख गरेका छन् ।

समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यन्वयनका लागि प्रतिगमन बिरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको आवस्यकता भएको प्रचण्डले उल्लेख गरेका छन् । पार्टी स्थापना र लेनिन जयन्तीका अवसरमा जारी गरिएको सन्देशमा प्रचण्डले कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतीशील शक्तिलाई प्रतिगमन बिरुद्ध एकतावद्ध हुन प्रचण्डले अपील गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार