
काठमांडौ, बैशाख ८ ।

आज प्रधानमन्त्रि निबास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन सम्बन्धि एन संशोधन गरी संसदीय समितिमा ४० प्रतिशत सदस्य भए पनि पार्टी विभाजन गर्न सक्ने गरी बिधेयक मन्त्रिपरिषदबाट पास भएपछी नेकपामा भूकम्प आएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन्। पूर्वमाओवादी मन्त्री ऊर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन्।
आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री वर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए।
‘सबै मन्त्रीहरूलाई प्रचण्डले निवासमा डाक्नु भएको छ’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषदबाट राजीनामा दिने निर्णय हुन सक्छ।’




888 पटक हेरिएको 
















