नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव घिमिरे नियुक्त

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  723 पटक हेरिएको

vision-online-advertise

काठमाडौँ, बैशाख ३ ।

तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ ।  सरकारका एक मन्त्रीका अनुसार मंगलबारको मन्त्रीपरिषदको बैठकले पूर्व सचिब घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । घिमिरेको पदावधिबारे भने खुलेको छैन। 


घिमिरे भन्दा पहिले निगमको कार्यकारी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको संचालक समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था खारेज गर्दै महाप्रवन्धक सुगतरत्न कंसाकार भन्दा एक तहमाथि झापाका मदन खरेललाई ०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो। तर उनी ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिइ अष्ट्रेलिया लागेका थिए। 

घिमिर पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिको अध्यक्ष थिए। पर्यटन मन्त्रालयमा योगेश भट्टराई मन्त्री भएरआएपछि घिमिरेकै नेतृत्वमा साउनमा ५ सदस्यीय निगम सुधारका लागि कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार