काठमाडौं, चैत २६ ।
सरकारले हालै चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरीएको आरोप खेपीरहेका छन । चीनले सहयोगमार्फत नेपाल पठाएको सामान र नेपाली ठेकेदारले किनेको स्वास्थ्य सामानमा रकम फरक भएको र नेपाली ठेकेदारके महँगो रकमलिई सामग्री खरिद गरेको आरोप सरकार पक्षका नेताले नै लगाउदई आएको छ । यसै बिषयमा सुलभ अग्रवालद्वारा ल्याईएको स्वास्थ्य सामग्रीमा निजले अनियमितता गरेको आशंकामा प्रहरीको अनुसंधान टोलीले रंगेहात समाएको थियो ।
सरकारले अवैतनिक महावाणिज्यदूतहरुको केही सुविधा खोस्ने निर्णय गरेको छ । एक अवैतनिक महावाणिज्यदूतले आफ्नो ओहदाको दुरूपयोग गर्दै गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै सरकारले सो निर्णय लिएको हो ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, अब विभिन्न देशमा रहेका नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र नेपालको झण्डा प्रयोग गर्न पाउने छैनन् । यो निर्णय तत्कालै लागू हुने मन्त्रालयले जनाएको छ ।
किर्गिस्तानका लागि सरकारका महावाणिज्यदूत रहेका सुलभ अग्रवाल स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा हालै प्रक्राउ परेका थिए ।