जापानमा पहिलो नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित ब्यक्तिको परिवार होम क्वारेन्टाईनमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1077 पटक हेरिएको

vision-online-advertise

जापान, चैत २१।

बिश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसका कारण जापान पनि ग्रसित भएको छ । यसै सन्दर्भमा जापानमा नेपालीमा पनि कोरोना भाईरस कोभिड–१९ को संक्रमण देखिएको छ । जापानको ईबाराकी केनमा बस्दै आएका एक नेपाली युवकमा कोरोना भाईरसको संक्रमण पोजेटिभ पाईएको हो । नीजका परिवारका भनाई अनुसार निजलाई काम गर्ने ठाउँबाट उक्त भाईरस सरेको पाईएको छ ।


सेवाग्राहीलाई सेवा दिने क्रममा अन्यब्यक्तिबाट उक्त सक्रमण सरेको जनाएको छ । मार्च ३० तारिक स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य जाँच गराउदा कोरोना भाईरस तथा कोभिड–१९ संक्रमण भएको पुष्टि भएको थियो । हाल नीजको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमा उपचार जारी रहेको परिवार स्रोत जनाएको छ ।

परिवारको साथ ईबाराकी केनमा बस्दै आएका नीजको अन्य परिवारमा भने कोरोना संक्रमण नरहेको र स्थानीय अधिकारीहरुले हाल होम क्वारेन्टाईनमा राखेको जनाएको छ । जापानमा हालसम्म कुल ३४ सयको हाराहारीमा संक्रमित पुग्दा पहिलो नेपालीमा संक्रमण पुष्टि भएको हो । हामी नेपाली समुदाय पनि जापानमा असुरक्षित रहेकोले पूर्ण साबधानी अपनाउनु पर्ने देखिन्छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार