
जर्मन, चैत १६ ।

चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस संक्रमणले हाल बिश्वको अर्थतन्त्रलाई चुनौती दिईरहेको छ । पछिल्लो समय यूरोपेली देशमा कोरोना संक्रमणले महामारीको रूप लिईरहेको छ । यस्तै यूराेपेली देश जर्मनीका एक मन्त्रीले काेराेना भाइरसका कारण मुलुककाे अर्थतन्त्र तहसनहस बनाएको भन्दै आत्महत्या गरेका छन् । जर्मनकाे हेसे प्रान्तका अर्थमन्त्री थमश साफरले शनिवार आत्महत्या गरेकेा समाचार संस्था पिटिआइले जनाएकाे छ ।
उनकाे शव रेलकाे लिग छेउमा भेटिएकाे अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । हेसेका प्रिमियर भाेल्करले आइतबार मात्रै शाफरकाे मृत्यु भएकाे जानकारी दिएका थिए । शाफर देशकाे अर्थतन्त्रलाइ माथि पुर्याउन उनकाे ठूलाे भूमिका रहेकेा हेसेका प्रिमियर भाेल्करले जनाएका छन् ।
५४ बर्षका साफर जर्मनीकाे अर्थतन्त्रलाइ काेराेनाले तहसनहस बनाएकाे भन्दै समकक्षिलाई सुनाउने र पछिल्लाे समय भाैतारिने गरेकेा बताइएकाे छ । याे प्रान्तमा जर्मनकाे ठूलाे शहर फ्रेंकफट र यूराेपकाे केन्द्रीय बैंक पनि रहेकाे छ । उनी पछिल्लाे दश बर्षदेखि साेहि प्रान्तकाे आर्थिक मामलामा काम गर्दै आएका थिए । उनी जर्रमन चान्सलर एंगेला मार्केलकाे पार्टी सेंटर राइट सीडीयूका नेता थिए ।
उनका एक श्रीमती र दुइ छाेरा छन् । उनले काेराेना भाइरसबाट घाटा तथा समस्या भाेगिरहेका कम्पनी र कामदारहरूलाइ सहयाेग समेत गरिरहेका थिए । भाेल्करले भनेका छन्, ‘उनी काेराेनाका कारण अर्थतन्त्रमा परेकेा असरले धेरै दुखि थिए, याे हाम्राेलागि धेरै कठिन समय हाे, हामीलाई उनकाे धेरै आवस्यकता थियाे ।उनले शाफरकाे मृत्युले बिश्वलाई नै अचम्मित तुल्याएकाे समेत बताएका छन् ।- एजेन्सी
