काठमाडौं, चैत १४ ।
नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
उनी ३४ वर्षका नेपाली पुरूष हुन् । हाल उनको अवस्था सामान्य छ । योसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । तीमध्ये एक जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।
नेपालमा बिदेशबाट नेपाल आएका नेपालीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । हालसम्म चार जनामा संक्रमण पुष्टि भएपनि यो सक्ने बढ्न सक्ने देखिन्छ । कोरोनाको संक्रमण बिश्वभरि फैलिए पछि नेपाल फर्कनेको संख्या धेरै रहेको र उनिहरुमा कोरोना संक्रमण दिन प्रति दिन देखिएकोले यसले समस्या निम्त्याउन सक्ने बिज्ञहरुको आकलन रहेको छ । यस्तै अवस्था रहेमा नेपालमा लकडाउन अझै बढाउनु पर्ने देखिन्छ ।