काठमाडौं, चैत २ ।

रुस र युक्रेन युद्दले बिश्वमा तरंग पैदा गरेको छ । अमेरिकाले रुसमाथी एक पछि अर्को प्रतिबन्ध लगाउएपछि रुसले पनि अमेरिका विरूद्ध बिभिन्न प्रतिबन्ध लगाएको छ । रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे जानकारी दिएको हो ।
राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुसमाथि लगाएका कयौं प्रतिबन्ध लगाएका कारण रुसले पनि अमेरिकामाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
अमेरिका र पश्चिमा देशहरुले केही रुसी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ भने अन्यदेशलाई पनि रुसमा कुनै पनि सहयोग नगर्न कडा निर्देशन दिएको छ । रुसले चीनसंग हातहतियार सहित ड्रोनको सहयोग मागेको भन्ने समाचारसंगै अमेरिकाले चीनसंग त्यस विषयमा दुई पक्षीय प्रत्यक्ष संवाद गरी चेतावनी समेत दिईसकेको अबस्था छ ।



719 पटक हेरिएको 
















