कतारद्वारा नेपाल सहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगायो, संक्रमित संख्या १२ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1297 पटक हेरिएको

कतार, फागुन २६ ।

नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जनाएको छ ।

अल्पकालीन प्रवेशमा रोक लगाइएका मुलुकहरूमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत र इरान । त्यस्तै, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकले पनि कतार प्रवेश पाउने छैनन् ।

विश्वव्यापी रूप लिइरहेको कोरनो भाइरसको संक्रमण कोरियामा पनि देखिएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार हालसम्म त्यहाँका १२ जनामा कोरोनाको लक्षण भेटिएको छ । यो संक्रमणबाट हालसम्म मृत्यु भने भएको छैन । कतारमा पनि कोरोना भाईरसको संक्रमितको संख्या १२ पुगेको छ । संक्रमितको संख्या बढ़न नदिनको लागि अति प्रभावित र जोखिम पूर्ण राष्ट्रका कामदार तथा पर्यटकहरू सबैलाई प्रवेशमा रोक लगाएको हो ।

यस्तै इटलीमा पछिल्लो २४ घण्टामा १३३ जनाको कोरोना भाईरसको कारण निधन भएको छ । इटलीमा हालसम्म मर्नेको संख्या ३६६ पुगेको छ । चीनपछी सबै भन्दा धेरै संख्यामा संक्रमितको निधन भएको इटली रहेको छ । इटलीमा हालसम्म संक्रमितको संख्या ७ हजार ३ सय ७५ पुगेको छ । यस्तै चीनमा पनि संक्रमितको निधन पछिल्लो समय पुन: बढ़न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार