काठमाडौं, फागुन २४ ।
जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ ।
सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति नदिने अडान राखेपछि हाजमाले बुधवार सडक विभागलाई पत्र पठाई यस्तो जानकारी दिएको हो । यो समाचार आजको अन्नपूर्ण दैनिकमा विकास थापाले खेलेका छन् ।
बिस्फोटक पद्धार्थ आयातमा सेनाले असहमति जनाएपछि आयोजना प्रभावित हुने भन्दै हाजमाले सडक विभागलगायत परामर्शदाता निप्पोन कोईलगायतलाई पत्र लेखी सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्ननसकिने अडान राखेको छ ।