हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण, अमेरिकामा १२ जनामा कोरोना रहेको पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1133 पटक हेरिएको

हङकङ, माघ २७ ।

हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।आपसमा जुठो खाना आदानप्रदान गरेपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।साउथ चाइना मर्निङ पोस्टले लेखे अनुसार एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर खाएका थिए।

यही जनवरी २६ मा हङकङकाे कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा भेला भई एकै परिवारका ती ९ जनाले खानपान गरेका थिए।तर तीमध्ये पहिले कसलाई संक्रमण थियो र सबैलाई सर्‍याे अथवा त्यो खानामै भाइरस थियो भन्ने विषयमा समाचारमा विस्तृत खुलाइएको छैन।

हङकङका स्वास्थ्य अधिकारीहरूले कोरोना सार्ने माध्यम पत्ता लगाउन निकै चुनौती रहेको बताएका छन्। उनीहरूका अनुसार यसको संक्रमण भएपछि सुरुमा केवल हल्का फ्लुजस्तो लक्षण देखापर्न सक्ने बताएको छ ।हङकङमा हालसम्म ४२ जनामा नोबेल कोरोना भाईरस संक्रमित रहेको पुष्टि भएको छ ।

यस्तै अमेरिकाको ३७ स्टेट स्थित ३८१ जनामा गरीएको परीक्षणमा १२ जनामा कोरोना संक्रमित रहेको पुष्टि गरेको सी॰एन॰एन॰न्युजले जनाएको छ ।ति सम्पूर्ण अमेरिकन नागरिक बिभिन्न समयमा चीन भ्रमण गरी फर्कीएको ट्राभल्स हिस्ट्रीको आधारमा परीक्षण गरीएको जनाएको छ । ती मध्य ६ जना क्यलिफोर्निया, १ जना वासिंगटन डिसि, १ जना आरीजोना, एक जना मस्साचुस्सेट्स, १ जना विस्कोंसिस, २ जना इल्लीनोईसका नागरिक रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार