कास्मिरमा आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  544 पटक हेरिएको

कस्मिर, भारत, पुस १६ ।

भारतको केन्द्र शासित जम्मु कास्मिरको नौशेरामा मंगलबार राति आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगर मारिएका छन् ।

भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको जनाइएको छ । भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दद्वारा बुधबार जारी विज्ञप्ति अनुसार मगर गोरखाको रिप गाउँका हुन् । हतियारधारी आतंककारीलाई जवाफी फायरिङ गर्ने क्रममा घाइते भएका थापाको निधन भएको आनन्दले बताएका छन् ।

घटनामा भारतीय सेनामा कार्यरत महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि निधन भएको छ । थापा र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले प्रशंसा गरेको छ ।भारतको कश्मीर क्षेत्र एक विवादित र आतंकबादीको अखडा रहेको क्षेत्र हो । कश्मीर क्षेत्रमा सुरक्षाको लागि खटीएका कयौ जवानहरूको ज्यान गैसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार