एनपिएल उपाधिमा सुदुरपश्चिम रोयल्स र जनकपुर बिचको भिडन्त जारी, कसले मार्ला बाजी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  163 पटक हेरिएको

काठमाडौं, पुस ६ ।

टीयू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आज फाइनल खेल हुँदैछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्‌ बिच फाईनल भिडन्त जारी रहेको छ । फाइनल खेल हेर्न बिहानैदेखि टीयू क्रिकेट मैदानमा दर्शक भरिभराउ छन् । दुवैतर्फकका टिम समर्थकले आआफ्ना टिमको समर्थनमा प्लेकार्डसहित उपस्थित जनाएका छन् ।

फाइनलमा टस जितेर जनकपुरविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रँदैछ । नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको उपाधि कसले जित्ला भन्ने कौतहुलता त छ नै त्यतिकै मात्रामा फाइनल हेर्न दर्शकसमेत उत्साहित देखिन्छन् ।

प्रतियोगितामा विभिन्न ८ फ्रेन्चाइज टोली सहभागी थिए । जसमध्ये सुदूरपश्चिम र जनकपुर बोल्टस्‌ले फाइनल यात्रा तय गरेका हुन् । हालसम्म ९ ओभरको खेल समाप्त भएको छ भने ८० रन हासिल गर्न सफल भएका छन । खेल हेर्न सहभागिता जनाएका दर्शकहरुको हुटिङ्गले खेल रोमान्चक बनेका छन भने खेलाडीहरु पनि दबाबमा रहेका छन । हालसम्मको खेलमा ९ ओभर सकिदा सम्म कुनै पनि विकेट नगुमाई रोमाञ्चक खेल जारी रहेको छ भने आजको खेलमा सुदुरपश्चिम र जनकपुर बिचको खेलमा कसले बाजी मार्ला त्यो भने हेर्न नै बाँकि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार