बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, नेपालमा पनि संक्रमण दिनप्रति दिन बढ्दो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  494 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ २ ।  

 

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । बिश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ४ सय १८ पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २७ हजार २ सय ९१ जना रहेका छन् । १७ लाख ०५ हजार ८ सय ३५ जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिकामा हालसम्म १४ लाख ५७ हजार ५ सय ९३ जनामा संक्रमण भएको छ । त्यस्तै ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख १८ हजार ०२७ जना निको भई घर फर्किएका छन् ।

त्यस्तै रसियामा २ लाख ५२ हजार २ सय ४५ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख ३३ हजार १ सय ५१ जना संक्रमित भएका छन् र ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमित संख्या २ लाख ७२ हजार ६ सय ४६ र मृतक संख्या २७ हजार ३ सय २१ पुगेको छ । १ लाख ८६ हजार ४ सय ८० जना निको भएका छन् ।

इटलीमा २ लाख २३ हजार ९६ जनामा संक्रमित भएका छन् भने ३१ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । १ लाख १५ हजार २ सय ८८ जना निको भएका छन् । ब्राजिलमा २ लाख २ हजार ९ सय १८ जना संक्रमित भएका छन् र १३ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ ।  पछिल्लो समय नेपालमा पनि कोरोना भाईरस कोभिड–१९ को नयाँ संक्रमण दिन प्रति दिन बढ्दै गईरहेको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार