चर्चित फुटबल खेलाडी रोनाल्डोले आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1324 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौ,चैत्र,२

पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन् । 


रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा भर्ना हुने सम्पूर्ण बिरामीको उपाचार समेत नि:शुल्क गरिने बताइएको छ ।अस्पतालमा कार्यरत डाक्टरलाई पारिश्रमिक समेत रोनाल्डो आफैँले दिने भएका छन् |

युभेन्टसका डिफेन्डर रुगानीमाथि कोरोना पोजेटिभ भेटिएपछि रोनाल्डोमाथि पनि कोरोनाको आशंकामा परीक्षण गरिएको थियो । तर उनीमाथि कोरोना नभएको पुष्टि भैसकेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार