अमेरिकाको भर्जिनिया निबासी प्रा.डा. बिष्णु पौडेलको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1538 पटक हेरिएको

vision-online-advertise

अमेरिका, चैत ३ ।

अमेरिकामा रहेका सवै नेपालीका लागि एउटा प्रेरक व्यक्तित्व बिद्धान प्रा.डा. बिष्णु पौडेलको ८९ बर्षको उमेरमा आज अमेरिकामा निधन भएको छ । ५० बर्ष भन्दा अगाडि अमेरिका आउनु भएका प्रा।डा। पौडेल अत्यन्तै क्रियाशील र सक्रिय हुनुहुन्थ्यो । नेपाली समुदायमा एक होनहार र प्रतिभाशाली छवि वनाउनु भएका प्रा.डा. पौडेलले नेपाली लगायत विभिन्न एसियन अमेरिकन संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

स्व। पौडेल अंग्रेजी, संस्कृत, नेपाली, हिन्दी लगायत अन्य केही स्थानीय भाषाका ज्ञाता हुनुहुन्थ्यो । स्व। पौडेलले साउथ एशिया क्षेत्रको नीति अध्ययनमा ह्वाइट हाउसलाई परामर्श दिने टोलीलाई दुई कार्यकाल नेतृत्व गर्नु भएको थियो। उहां नेपाल शिक्षा तथा सांस्कृति केन्द्र (एनईसीसी) को बोर्ड अफ ट्रस्टी (गुठी सदस्य) पनि हुनुहुन्थ्यो ।

उहांले भर्जिनियाको फेयरफ्याक्स स्थित चर्चित दुर्गा मन्दिरको संचालन समितिमा दुई कार्यकालसम्म नेतृत्व गर्नु भएको थियो ।

नेपालवाट धेरै पहिले अमेरिका आउनेमध्येका एक स्व। पौडेललाई समुदायले सदैव एक बौद्धिक व्यक्तित्वको रुपमा हेर्नेगर्थ्यो । तार्किक शक्ति, प्रवचन, ज्ञानगुनका कुरामा निकै गहिरो ज्ञान राख्नुहुने पौडेलको निधनले नेपाली समुदायलाई अपूरणीय क्षति भएको छ र समाजले एक सामाजिक अभियन्ता गुमाएको छ । यस शोकाकुल अवस्थामा भिजन अनलाईन न्युज परिवार शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि प्रार्थना गर्दछ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार