कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु, अमेरिकाको स्थिति भयाबह

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  780 पटक हेरिएको

vision-online-advertise

अमेरिका, चैत १२ ।

फोटो सच्ची मैनालीको फेसबुकबाट

कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण भएर उपाचार गरिरहेका नेपाली युवा अनिल लिम्बुको गत सोमबार राती मार्च २३ का दिन दुखद निधन भएको हो ।  न्यूयोर्ककै एलमष्ट अस्पतालको सघन कक्षमा उपचार गराइ रहेका युवा अनिल लिम्बुको दुखद निधनले सबै नेपालीलाई दुखित तुल्याएको अमेरिकाबासी नेपालीहरूले जनाएको छ ।


उनलाई विगत १०-११ दिन देखि रूघाज्वरो आएर अस्पताल आउने जाने गरेको तर ५ दिन अघि कोरोना भाईरस परीक्षण पश्चात कोरोना संक्रमण भएको निश्चित भएको थियो । र ,४ दिन देखि उनि वायु-प्रवाहक (भेन्टीलेटर)मा थिए ।

४९ वर्षीय अनिल लिम्बु नेपाल स्थित पाँचथर जिल्लामा जन्म भै हाल न्युयोर्कमा उबर गाडी ब्यबसाय चलाउदै आएका थिए । दुईछोरा,एक छोरी र पत्नीका साथ न्युयोर्कमा बसोबास गदै आइरहेका थिए । अमेरिकामा एकै दिन २०० जनाको निधन भएको छ । अमेरिकामा हालसम्म मर्नेको संख्या ५४१ जना पुगेको छ । संक्रमितको संख्या भने ४४ हजार १ सय १९ जना पुगेको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार