एमाले ११ औँ महाधिबेशन जारी, ओलीलाई टक्कर दिदै ईश्वर पोखरेलको पनि अध्यक्षमा उम्मेद्धारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  102 पटक हेरिएको

काठमाडौं, मंसिर २९ ।

नेकपा एमालेको जारी महाधिबेशनमा दुई पक्ष बिचको रोमाञ्चक भिडण्त देख्न पाईने भएको छ । हालका अध्यक्ष के.पी शर्मा ओली स्वयम अध्यक्षका प्रत्यासीको रुपमा देखिएको छ भने अर्को ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेद्धारी दिने लगभग पक्का देखिएको छ । दुबै पक्षले आ–आफ्नो प्यानल बनाएर चुनाब नै लड्ने मनस्थिति बनाएको छ । पछिल्लो जेनजी आन्दोलनबाट हौसियका ईश्वर पोखरेलले अब पार्टीको नेतृत्व हस्तान्तरण हुनु पर्ने र परिवर्तित परिवेश अनुसार सबै बिभागहरुमा युवाको सहभागिता पनि सुनिश्चित गर्नु पर्ने पनि माग उठेको छ । सोही बमोजिम पार्टी भित्र अधिकांश युवा नेता कार्यकर्ता नयाँ नेतृत्वलाई चुन्न सक्ने आकलन समेत गरिएको छ ।

नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन । अहिले ओली र ज्ञवालीबीच छलफल जारी छ ।

यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले बतायो । ९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बतायो ।

यस्तै ईश्वर पोखरेल समूहले पनि पदाधिकारीहरुको प्यानल टुंगो लगाइसकेको छ । पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले बताए ।

उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ । सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको बताएको छ ।

ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ । लगभग उम्मेदवारहरुको टुंगो लाग्यो तर छलफल जारी रहेकाले थोरै तलमाथि होला,’ स्रोतले भन्यो ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

अक्टोबर ईन्टेकमा भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको शतप्रतिशत १००% भिषा प्राप्त

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार