गायिका सिर्जना खत्री ‘हाउडेमाया’को ‘एक नम्बर हरामी’ सार्वजनिक (भिडियो सहित)

  भिजन अनलाईन न्युज संंबाददाता प्रकाशित:  718 पटक हेरिएको

काठमाडौं, मंसिर २० ।

चर्चित गायिका सिर्जना खत्री ‘हाउडेमाया’ले ‘एक नम्बर हरामी’ बोलको गीत बजारमा ल्याएकी छिन् । गायिका सिर्जना खत्रीकै शब्द संगीत रहेको गीतमा राजेन्द्र खड्गी, प्रेमा लाम्गाडे, रोहित साउद, पुर्णिमा शाह, विवश ओली लगायतका कलाकारहरुको फिचरिङ रहेको देख्न सकिन्छ । गायिका खत्रि फरक प्यार्टनका गित संगितमा रुचि राख्ने गायिका हुन, उनि युवा पुस्थालाई मध्यनजर गरि गित तयार गर्ने र सोही अनुरुपका अभिनय सहित म्युजिक भिडियो बजारमा ल्याउने गायिकाको रुपमा चिनिन्छन ।

युवा पुस्ता माझ चर्चित रहेकी गायिका खत्रिले एक नम्बर हरामीमा पनि युवा पुस्ता कै भावनालाई मध्यनजर गरि बजारमा ल्याएकी हुन । प्रेम पछिको बिछोडलाई शक्तिमा बदलि प्रेमिसँगको बदलालाई भिडियोमा चित्रण गर्न खोजिएको छ । गायिका खत्रि र ठुलो पर्दाका खलनायक चर्चित अभिनेता राजेन्द्र खड्किको समेत बेजोड अभिनयन रहेको एक नम्बर हरामी गितको म्युजिक भिडियो गायिका सिर्जना खत्रि युबट्युब च्यानलबाट हिजोमात्र दर्शक स्रोता माझ ल्याएकी हुन ।

आफ्नो मन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई योगेश काजी शाहले संगीत संयोजनको काम गरेका छन् । विनोद विष्टले छायांकन गरेको भिडियोलाई सौखिन तिमल्सिनाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।

अक्टोबर ईन्टेकमा भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको शतप्रतिशत १००% भिषा प्राप्त

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार