काठमाडौं, चैत १५ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् । यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएको पनि एसईई र अन्य परिक्षार्थीहरुको हाल परिक्षा जारी रहेकोले एकघण्टा पछि सारिएको छ । एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने दुबै पक्षले तयारी गरेका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार, पहिले ११ बजे नै भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको छ । भक्तपुरको ठिमिमा जम्मा भएर त्यहाँबाट १२ बजेमात्र हिढ्ने तयारी रहेको जनाएको छ । एसईई परीक्षाका कारण स्कुल बसहरुलाई असहज नहोस् भन्ने हिसाबले साढे ११ बजे भेला भएर भक्तपुरबाट १२ बजेबाट हिँड्ने गरी व्यवस्थापन गरेका छौं’, उनले संचारकर्मीहरुसँग भने, ‘त्यसपछि भक्तपुर तिनकुने हुँदै चाबहिल, गोंगबु लगायतका क्षेत्रमा प्रदर्शन हुन्छ ।’
समितिले तिनकुनेमा सभा राखेको छ । समितिका संयोजक नवराज सुवेदीले आइतबार पत्रकार सम्मेलन गरेर शुक्रबारदेखि हुने प्रदर्शनको मुख्य उद्देश्य संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण भएको बताएका थिए । यता गणतन्त्रबादीहरुको पनि १ घण्टा ढिला गरी प्रदर्शन गर्ने तयारी रहेको जनाएको छ ।
शिक्षा मन्त्रालयले पनि परिक्षाको महिनामा शुरुवाती देखि नै आन्दोलन हुलदंगा गर्नु जायज नभएको बताएका छन । बिद्यार्थीहरुको भबिष्यमा प्रत्यक्ष बाधा पुग्ने कार्य कोहिकसैबाट हुन नहुने र यस बिषयमा सबै पक्ष सचेत र जिम्मेवार हुनु पर्ने जनाएको छ । हाल काठमाण्डौँ उपत्यका भित्र एसईई बाहेक अन्य बिद्यार्थीहरुको पनि परिक्षा जारी रहेको अबस्था छ । यस्तो अबस्थामा गरिने कुनै पनि आन्दोलन जायज नहुने सबै पक्षले बुझ्न जरुरी छ ।



400 पटक हेरिएको 

















