रास्वपा बरिष्ट नेता बालेन्द्र शाह निर्वाचन प्रचारप्रसारको क्रममा आज धादिङ्गमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  63 पटक हेरिएको

धादिङ्ग, फागुन, १ ।

रास्वपा बरिष्ट नेता बालेन्द्र शाह निर्वाचन प्रचारप्रसारको क्रममा आज धादिङ्ग पुगेका छन । धादिङ्ग निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी तथा समाजसेबी आसिका तामाङ्गसँग धादिङ्गमा निर्वाचन प्रचार प्रसार तथा कार्यकर्ता भेटघाटका क्रममा धादिङ्ग क्षेत्र नम्बर १ पुगेका हुन ।

पुर्व प्रधानमन्त्रि केपी शर्मा वलीसँग चुनाब प्रतिस्पर्धामा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा होमिएका पुर्व काठमाण्डौँ महानगरका मेयर बालेन्द्र शाह बालेन यतिबेला सबैको केन्द्रमा परेका छन । आफ्ना श्रीमतिलाई बिदाको दिन ट्रफिक प्रहरीले रोकेकोमा सिंहदरबार जलाउने त कहिले बिदेशी र बिभिन्न देशका नेतालाई अश्लिल गाली गरेर चर्चामा आएका बालेन शाह पछिल्लो समय भने निर्वाचन प्रचार प्रसार तथा कार्यकर्ता भेटघाटमा देश दौडाहमा छन । यसै क्रममा आज भने धादिङ्ग क्षेत्र नम्बर १ मा पुगि नेता तथा कार्यकर्ता र मतदाताहरुसँग भेटघाटमा ब्यक्त रहेका छन ।

यस्तै धादिङ्ग क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी आशिका तामाङ्ग पनि बिभिन्न क्षेत्रमा दुख पिडामा परेका ब्यक्तिहरुलाई आर्थिक संकलन गरी सहयोग र सडकपेटीमा फोहोर गरेका नेपालीहरुलाई सम्झाउने त कतै भिडियो बनाई सामाजिक चेतना फैलाउने जस्ता सामाजिक गतिबिधि गरेर चर्चामा आएका तामाङ्गलाई रास्वपाले भने हाल धादिङ्ग क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको सदस्यमा टिकट दिई निर्वाचनमा उठाएका छन । उनीपनि हाल निर्वाचन प्रचारप्रसारका ब्यक्त छन ।

निर्वाचनमा होमिएका आशिका तामाङ्ग निर्वाचनमा उठेसँगै धादिङ्गका कतिपय क्षेत्रबाट भने निजलाई बहिस्कार समेत गरेका छन । नेपालको आन्तरिक कानुन, संबिधान र बिकासका कुनै पनि मोडल तयारी र भाबी योजना समेत नरहेका आशिका तामाङ्गलाई मतदाताहरुले बिभिन्न प्रश्नहरु सोधेर निह्र्य समेत पारेका थिए । यस्तै यस्तै बिषयलाई चिर्न र रास्वपाको योजना जनतालाई बुझाउन देश दौडाहामा रहेका बालेन आज भने धादिङ्ग क्षेत्र नम्बर १ पुगेका हुन । बालेन शाह भने आज नै धादिङ्ग क्षेत्र नम्बर २ का नेता तथा कार्यकर्तालाई भेट गरी नुवाकोट जाने कार्यक्रम रहेका छन ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

काठमाण्डौँ आईपुगेका पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा समर्थकहरुद्धारा भब्य स्वागत, एयरपोर्ट एरिया अस्तब्यक्त

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार