काठमाडौं, फागुन, १ ।

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् ।
विमानस्थलमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति छ । समर्थकहरूले उनलाई र्यालीसहित निर्मल निवास पुर्याउने तयारी गरेका छन् । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् ।
विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थल भित्रैबाट स्वागत गरेका थिए ।
त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । अहिले काठमाडौंका चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आएका हुन् । नेपाल सरकार फाल्गुन २१ गतेको आम निर्वाचनमा होमिरहेको अबस्थामा दुर्गा पूसाई लगाएतका केहि ब्यक्तिहरु भने नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने र राजालाई सरकार सुम्पिनुपर्ने जस्ता माग राख्दै बिभिन्न समयमा आन्दोलन समेत गर्दै आईरहेका छन ।


सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।
अक्टोबर ईन्टेकमा भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको शतप्रतिशत १००% भिषा प्राप्त



56 पटक हेरिएको 

















