रास्वपाबाट निष्काशित ढाका कुमार श्रेष्ठ श्रम संस्कृति पार्टी प्रबेश, अध्यक्ष साम्पाङ्गद्धारा स्वागत

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  70 पटक हेरिएको

पोखरा, माघ १३ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। केही वर्षअघि रास्वपाबाट निष्काशित भएका श्रेष्ठलाई मंगलबार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्। ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त,’ साम्पाङले सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

रास्वपाबाट सामनुपातिक सांसद रहँदा उनले स्वास्थ्य मन्त्री बन्छु भन्दै उनले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको थियो। अडिओ बाहिरिएपछि उनलाई रास्वपाले अनुशासनको कारबाही गरेको थियो। त्यस्तै उनको मेडिकलबाट प्रतिबन्धित औषधि ट्रामाडोल बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो। त्यति बेला उनी ७५ हजार धरौटी बुझाएर छुटेका थिए। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्गसँगै अर्का पार्टीका नेता तथा काठमाण्डौँ महानगरपालिकाका पूर्व कर्मचारी पनि सँगै रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार