राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औँ महाधिवेशन स्थगित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  79 पटक हेरिएको

काठमाण्डौँ, माघ १३ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति जारी गर्दै फागुन १, २ र ३ गते तय ९ औं महाधिवेशन स्थगित गरिएको जानकारी दिएको हो।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगद्वारा लागू गरिएको आचारसंहितालाई मध्यनजर गर्दै महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

महाधिवेशन महोत्तरी जिल्लाको बर्दिबासमा आयोजना गर्ने तयारी थियो। प्रतिष्ठान अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, निर्वाचन आचारसंहिताका कारण फागुन १, २ र ३ गते बर्दिबासमा तय गरिएको राष्ट्रिय महाधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार