काठमाडौं, पुस २० ।

भेनेजुयलालाई घेरेर बसेका अमेरिकि सेनाले भेनेजुयला माथि गरेको अकस्मात आक्रमण पश्चात राष्ट्रपति मादुरोलाई अपहरण गरी अमेरिकाको न्युयोर्क लगेका छन । अमेरिकाका खतरनाक लडाकुको आक्रमणमा परि भेनेजुयलाका ५० भन्दा बढि सेना तथा अन्यको ज्यान गएको छ । राष्ट्रपतिको अपहरण पश्चात भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई दिईएको छ ।
राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको थियो ।
अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । साथै भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । तर ट्रमको त्यो सपना भने सहजै पुरा नहुने देखिएको छ । बिश्व राजनितिमा अमेरिकाद्धारा भेनेजुयला माथि गरिएको आक्रमण र राष्ट्रपति मादुरोको अपहरणलाई लिएर अमेरिका भित्र नै ट्रम्प घेरिएको छ । अन्तराष्ट्रिय कानुन बिपरित कुनै पनि स्वाधिन राष्ट्रमाथि कुनै पनि राष्ट्रले आक्रमण गर्न नपाउने र अमेरिकाले बिना कारण भेनेजुयला माथि आक्रमण गरेको अर्को शक्ति राष्ट्र रुस र चिनले बिरोध गरेका छन । त्यस्तै उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोन उनले पनि अमेरिकाले गरेको आक्रमण र राष्ट्रपतिको अपहरण अन्तराष्ट्रिय कानुनको ठाडो उल्लघंन भएको र तत्काल स–सम्मान मादुरोको रिहाई नगरे त्यसको ठुलो मुल्य चुकाउनु पर्ने बताएका छन ।
भेनेजुयलाका कार्यबाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पनि राष्ट्रपतिलाई बिना सर्त रिहा गर्न भनेका छन । त्यसो नभए तेस्रो बिश्वयुद्ध निश्चित रहेको बताएका छन । अमेरिकी ३ वटै सेनाले ३ महिना लामो युद्धाअभ्यास पश्चात २०२६ को पहिलो साता शनिबारको दिन राति आक्रमण गरि राष्ट्रपतिलाई नियन्त्रण गरि अमेरिका लगेका थिए । अमेरिकि राष्ट्रपतिले ड्रग्स तस्करीको आरोप लगाए पनि बास्तबिकता भने त्यो नभएको बिश्लेषकहरुले बताएको छ । खासमा भेनेजुयलाका राष्ट्रपति अमेरिकाको निति निर्देशन, चाहना अनुरुप नचलेको र अमेरिकाको आकाक्षा भेनेजुयलाको खनिज, तरल पदार्थहरु आफ्नो नियन्त्रण वा अमेरिकि कम्पनीले लिन पाउनु पर्ने त्यसो नभए सत्ताबाट समेत हटाउने बारम्बार धम्की दिदै आईरहेको थियो ।
तर भेनेजुयला यि याबद धम्किलाई बेवास्ता गर्दै चिन, रुस र ईरानसँग नजिकि बढाउदै अमेरिकि कम्पनिहरुलाई भेनेजुयलामा बिसनेस पर्मिसन समेत नदिएको र अमेरिकि देशहरुमा बाह्य प्रभाब न्युन गर्नुपर्ने पहिले नै बताईसकेका थिए । अमेरिकाको ईच्छा चाहना अनुरुप भेनेजुयलाका राष्ट्रपनि मादुरो नचले पछि निजलाई हटाउन अमेरिकाले पटकपटक असफल प्रयास गर्दै आईरहेको थियो ।



107 पटक हेरिएको 

















