काठमाण्डौँ, असोज २८ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा भाग लिन सभापति देउवा मंगलबार दिउँसो पार्टी कार्यालय सानेपा आएका हुन्।
उनी पत्नी आरजु राण देउवासँगै उपस्थित भएका थिए। भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको निवासमा आगजनी गरेका थिए। साथै देउवा दम्पत्तिमाथि कुटपिट समेत भएको थियो।
उक्त कुटपिटका क्रममा घाईते भएका देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।उनलाई सो बखत नेपाली सेनाले रेस्क्यु गरि हस्पिटल पुर्याएका थिए । देउवा दम्पती पार्टी कार्यालयमा उपस्थित भएपछि सानेपामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। पार्टीको भ्रातृ संगठन तरूण दलका कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिती छ।
अहिले उनी केन्द्रीय कार्यसम्पादन समितिमा पछिल्लो राजनितिक परिघटना र पार्टीको भाबि नेतृत्व र अब पार्टीले अब चाल्नु पर्ने कदमको बारेमा कार्यकर्ता माझ बोलिरहेका छन्।
यो पनि अध्ययन गर्नुहोस् ।
अक्टोबर ईन्टेकमा भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको शतप्रतिशत १००% भिषा प्राप्त



150 पटक हेरिएको 

















