नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्दै चिनियाँ राजदूतको फोटोसेसन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1096 पटक हेरिएको

काठमाडौं, पुस १५ ।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट औपचारिक रुपमा सुरु हुँदैछ । नेपालका लागि चिनियाँ राजदूत होउ याङीलाई पनि भ्रमण वर्ष २०२० को रौनकले छोएको छ । नेपाल भ्रमण बर्ष २०२० को सफलताको शुभकामना दिदै नेपालका बिभिन्न पर्यटकिय क्षेत्रमा गई फोटोसेसन गरी ट्विटरबाट सार्वजनिक गरेकी छिन । नेपालका लागि सबै भन्दा कांछी राजदूत समेत रहेकि होउ याङी पछिल्लो समय नेपालमा सक्रिय रूपमा काम गरीरहेकि छिन ।

नेपालको हरेक काम कारबाहीमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्दै आइरहेकी राजदूत याङीको यो नेपाल प्रतिको सदभाव रहेको बुझ्न सकिन्छ । याङी नेपालका लागि एक सफल राजदूतको रूपमा पनि चिनिन्छ । चीनका राष्ट्रपतिको लामो समय देखी रोकिएको नेपाल भ्रमणलाई सफल कूटनीतिक माध्यमबाट नेपाल भ्रमण गराऊन महत्वपूर्ण भूमिका खेलेकी याङीलाई एक सहयोगी र जिम्मेवार राजदूतको रूपमा समेत हेरिने गरिन्छ । पछिल्लो समय नेपालमा चीनको प्रभावलाई समेत बढ़ावा दिन सफल राजदूत याङीले चीनमा समेत नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसारलाई बढ़ावा दिदै नेपाल चीन सम्बन्धलाई नया उचाईमा पूर्याउन सफल भएकी छिन ।

राजदूत होउले काठमाडौंका विभिन्न मन्दिरमा पुगेर फोटोसेसन गरी ट्विटरमा पोष्ट गरेकी छन् । रातो पहिरनमा सजिएकी चिनियाँ राजदूत होउ याङी निकै खुलेकी छिन। उनै चिनिया राजदूत होउ याङीको भ्रमण बर्षको प्रचारप्रसारको खिचीएको फोटो तल साभार गरीएका छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार