निगमको न्यारो बडी जहाज ग्राउण्डेड, इञ्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्ने निगमको तयारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  297 पटक हेरिएको

काठमांडौ, पुस १६ ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ। उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ।

निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको बताएकी छन्। उनकाअनुसार जहाजको बायाँ इञ्जिनमा समस्या पहिचान भइसकेको र इञ्जिन उत्पादनकर्ता पीए/आईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको छ।

इञ्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्न सुझाव आएकाले जहाजलाई छिटो उडान योग्य बनाइनेछ। निगमको वाइडबडी जहाज ए ३३० मा काठमाडौँ–नारिता उडानको तयारी गर्ने क्रममा समस्या देखिएको थियो।

उक्त जहाजको समस्या भने श्रीलङ्काबाट पार्टपुर्जा भित्र्याएर निगमकै इञ्जिनीयरिङ टिमले मर्मत गरेको थियो। तत्पश्चात उक्त जहाजले आजै काठमाडौँ–दिल्ली नियमित उडान गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

निगमद्वारा जारी बिज्ञप्ति 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार