गुरुङ समुदायले तमु ‘ल्हाेसार’ मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  703 पटक हेरिएको

काठमाण्डाै, पुस १५ ।

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ‘ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ ।

गुरुङ समुदायकाे बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको जन विश्वास रही आएको छ ।

आज अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ। यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायतले पनि सम्बोधन गर्नेछन्।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन शुरु गरिएको विश्वास गरिन्छ।

आजकाे रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ। यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदायको असन्तुष्टि छ । केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको जनाएका छन्। 

आज बिश्व भरी छरीएर रहेका गुरुंग तथा तमांग जातिहरूले पनि तमु ल्होसारको अवसरमा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गरीएको छ ।

गण्डकी प्रदेशले  ‘तमु ल्होसार’ मा सार्वजनिक बिदा दिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार