बलात्कार आरोपी ‘सिद्धबाबा’ लाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  776 पटक हेरिएको

सुनसरी, पुस १४ ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छोडेको छ। उक्त आरोप लगाउने महिलाले नै शुरू देखी सिद्धबाबालाई म्यासेज र फोन गर्ने गरेको देखिएकोले सिद्धबाबा नै दोषी हो भन्न नसकिने र हाललाई धरौटीमा रिहा भएपनि थप अनुसन्धान भने भई रहने जिल्ला अदालतले जनाएको छ ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले अहिले नै उनी दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए।

सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लगाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।सिद्धबाबालाई शुक्रबार अस्पतालको आइसियुबाटै बयानका लागि अदालतमा उपस्थित गराइएको थियो।

बिरामी भएको भन्दै उनी विराट नर्सिङ होममा बसिरहेका थिए। उनी विरूद्ध बलात्कारको जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियूबाटै पक्राउ परे। प्रहरीले अनुसन्धान पनि उनलाई अस्पताल राखेरै गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार