काठमांडौ, पुस १३ ।
लगानी बोर्डले एकैदिन ८५ अर्ब बढी विदेशी लगानी स्वीकृत गरेको छ। आज बसेको बोर्डको बैठकले तीन जलविद्युत आयोजनामा आउने विदेशी लगानी स्वीकृत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा आउने ६५ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ।
बोर्डद्वारा जारी विज्ञप्तिमा मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा ११ अर्ब ७७ करोड र माथिल्लो त्रिशुली थ्री बीका लागि आउने ८ अर्ब २२ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको जानकारी दिइएको छ।